16 Oct, 2024, Wed info@dccmugu.gov.np (+९७७)-०८७-४६००२३
/ संक्षित्त परिचय

संक्षित्त परिचय

अध्यावधिक मिति २०८१ जेठ १३ गते आइतबार

संक्षित्त परिचय

मुगु जिल्ला भौगोलिक रुपमा विषम र विविधता युक्त पर्यटन , जडिवुटी र तामाखानी , फलामखानी समेत भएको विकट र दुर्गम हिमाली जिल्ला हो । विश्व मानचित्रमा मुगु जिल्ला २९० २३” देखि २९० ५६ ” उत्तरी आक्षांस र ८१० ४६ ” देखि ८२० ४९ ” सम्म पूर्वी देशाान्तरमा अवस्थितत छ । ३५३५ वर्ग वर्ग कि.मि क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा डोल्पा , पश्चिममा बाजुरा, दक्षिणमा जुम्ला र कालिकोट र उत्तरमा चीनको स्वसाशित क्षेत्र तिब्वत रहेको छ, जुन नेपालको कूल क्षेत्रफलको २.११ प्रतिशत हो । मुगु जिल्ला समुन्द्र सतहवाट १२०१ मि. देखि ६६१६ मि.सम्मको उचाईमा फैलिएकाे छ । नेपालकाे सबै भन्दा ठूलाे रारा ताल पनि मुगु जिल्लामा नै पर्दछ । रारा तालकाेे लम्बाइ ५ कि.मि. चाैडार्इ ३ कि.मि., गहिरार्इ १६७ मिटर र समुन्द्री सतहवाट २९९० मिटरकाे उचाइमा रहेकाे याे ताल मुगु जिल्लामा अाउने पर्यटनकाे मुख्य अार्कषर्ण हाे । नेपालको मध्य पश्चिम विकास क्षेत्र अर्न्तगत पर्ने यो जिल्ला मानव विकास सूचकाङ्कका दृष्टिकोणवाट विश्लेषण गर्दा विगतका वर्षहरुमा ७५ औं स्थानवाट माथि उठ्न नसकेको भएता पनि हालकाे अवस्थामा याे जिल्लामा सडक संजाल जोडिनु र जनताको राजनीतिक तथा सामाजिक चेतानास्तरमा क्रमशः सकारात्मक विकास हुनको परिणाम स्वरुप साक्षरता दर, औषत आयु र प्रति ब्यक्ति आय जस्ता सूचकहरुमा सूधार भई यस वर्ष जिल्ला मानव विकास सूचकाङ्कको सूचीमा ६७ औं स्थानमा पर्नु जिल्लाको बिकासक्रमा उल्लेख्य उपलब्धि हो । नवाैं गणतान्त्रिक जिल्ला परिषदको प्रतिवद्धता अनुरुप कृषि , पर्यटन र पूर्वाधारका क्षेत्रमा शुसाशन प्रर्वद्धन सवैको सहयोग र सहकार्य भएमा आगामि वर्षहरुमा मानव विकास सूचाङ्कको सूचीमा थप सूधार हुने निश्चित छ ।

मुगु जिल्लामा हाल कायम भएका स्थानीय तहहरू १. छायाँनाथ रारा नगरपालिका, २. खत्याड गाउँपालिका, ३. मुगुम कार्मारोङ्ग गाउँपालिका र ४. सोरू गाउँपालिका रहेका छन ।

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ जेठ १४ गते सोमबार