६७ अाै प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा !

प्रस्तुत विषयमा मितिः२०७३ साल फागुन ३ गते स्थानीय विकास अधिकारी श्री विजय राज पाैडेल ज्यूको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, विभिन्न राजनैतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, संजाल, अन्तर महिला संजाल, व्यापारी र अन्य कार्यालयका प्रमुखहरूको उपस्थितीमा जिल्ला विकास समितिको सभाहलमा बैठक बसी निम्नानुसारको निर्णय गरियोः

१. ६७ अाै प्रजातन्त्र दिवसको अवसरमा जिल्ला विकास समिति मुगुले व्यानर, बाजा सहितको -याली र मञ्चको व्यावस्थापन गर्ने ।

२. मितिः२०७३ फागुन ४ गते देखि ६७ अाै प्रजातन्त्र दिवसको अवसरमा खुल्ला व्याड मिन्टन प्रतियोगिता संचालन गर्ने । यस प्रतियोगिताको संचालन खेलकुद विकास समितिले  गर्ने ।

३. मितिः२०७३ फागुन ६ गते  विहान ८ः३० वजे जिल्ला अस्पताल मुगुका विरामीहरूलाइ फलफुल वितरण गर्ने । फलफुलको व्यवस्था जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयले गर्ने ।

४. मितिः२०७३ फागुन ७ गते विहान ८ः०० वजे जिल्ला अदालत चोकमा  उपस्थित भर्इ  बाजा सहितको-याली शुरू गरी जिल्ला प्राविधिक कार्यालयमा गर्इ मञ्चको कार्यक्रममा देउडा गित प्रतिस्पर्धा संचालन गर्ने ।

५. ६७ अाै प्रजातन्त्र दिवसको अवसरमा जिल्ला निर्वाचन  कार्यालयले चियापानको व्यवस्था गर्ने ।

Skip to toolbar