संक्षिप्त परिचय

मुगु जिल्ला भौगोलिक रुपमा विषम र विविधता युक्त पर्यटन , जडिवुटी र तामाखानी , फलामखानी समेत भएको विकट र दुर्गम हिमाली जिल्ला हो । विश्व मानचित्रमा मुगु जिल्ला २९० २३” देखि २९० ५६ ” उत्तरी आक्षांस र ८१० ४६ ” देखि ८२० ४९ ” सम्म पूर्वी देशाान्तरमा अवस्थितत छ । ३५३५ वर्ग वर्ग कि.मि क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा डोल्पा , पश्चिममा बाजुरा, दक्षिणमा जुम्ला र कालिकोट र उत्तरमा चीनको स्वसाशित क्षेत्र तिब्वत रहेको छ, जुन नेपालको कूल क्षेत्रफलको २.११ प्रतिशत हो । मुगु जिल्ला समुन्द्र सतहवाट १२०१ मि. देखि ६६१६ मि.सम्मको उचाईमा फैलिएकाे छ । नेपालकाे सबै भन्दा ठूलाे रारा ताल पनि मुगु जिल्लामा नै पर्दछ । रारा तालकाेे लम्बाइ ५ कि.मि. चाैडार्इ ३ कि.मि., गहिरार्इ १६७ मिटर र समुन्द्री सतहवाट २९९० मिटरकाे उचाइमा रहेकाे याे ताल मुगु जिल्लामा अाउने पर्यटनकाे मुख्य अार्कषर्ण हाे । नेपालको मध्य पश्चिम विकास क्षेत्र अर्न्तगत पर्ने यो जिल्ला मानव विकास सूचकाङ्कका दृष्टिकोणवाट विश्लेषण गर्दा विगतका वर्षहरुमा ७५ औं स्थानवाट माथि उठ्न नसकेको यस जिल्लामा सडक संजालले जोडिनु र जनताको राजनीतिक तथा सामाजिक चेतानास्तरमा क्रमशः सकारात्मक विकास हुनको परिणाम स्वरुप साक्षरता दर, औषत आयु र प्रति ब्यक्ति आय जस्ता सूचकहरुमा सूधार भई यस वर्ष जिल्ला मानव विकास सूचकाङ्कको सूचीमा ६७ औं स्थानमा पर्नु जिल्लाको बिकासक्रमा उल्लेख्य उपलब्धि हो । आठौं गणतान्त्रिक जिल्ला परिषदको प्रतिवद्धता अनुरुप कृषि , पर्यटन र पूर्वाधारका क्षेत्रमा शुसाशन प्रर्वद्धन सवैको सहयोग र सहकार्य भएमा आगमि वर्षहरुमा मानव विकास सूचकाङ्कको सूचीमा थप सूधार हुने निश्चित छ ।


Skip to toolbar