मुगु जिल्लाका स्थानीय निकाय ठप्प !

विभिन्न मागहरू राख्दै स्थानीय निकायहरू (२४ वटै गाविस र जिविस) मा कार्यरत कर्मचारीहरूले मितीः२०७३।१०।१९ गते देखि विभिन्न कार्यक्रम सहित शुरू गरेको अान्दोलनमा मितिः२०७३।११।०१ गते पुरै दिन स्थानीय निकायका कामकाज बन्द गर्दै मितीः२०७३।११।०२ गते स्थानीय निकायमा कार्यरत कार्यालय प्रमुखहरूलाइ कार्यालय प्रवेशमा रोक लागाइ सम्पूर्ण कामकाज ठप्प पारेका छन् । यो अान्दोलन देशभरीका स्थानीय निकायहरूमा संचालन भएको जानकारी प्राप्त भएको छ । यसवाट दैनिक काम लिएर स्थानीय निकायमा धाउने सर्वसाधारणलाइ समस्या परेको छ । माग पुरा नभए अनिश्चितकालका लागि स्थानीय निकाय बन्द गर्दै कार्यालय प्रमुखहरूलाइ मन्त्रालय फिर्ता पठाउने जानकारी सम्बन्धित श्रोतले जनाएको छ ।

Skip to toolbar