“आज हुने काम आजै गरौँ, सेवाग्राहीको सहजतालाई मनमा राखौँ”

सरकारले हरेक निकायको वेवसाइटमा एउटा आदर्शवादी नारा राख्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले परिपत्र गर्दै हरेक कार्यालयलाई आफ्नो आधिकारिक वेभसाइटको गृहपृष्ठमा ‘आज हुने काम आजै गरौँ, सेवाग्राहीको सहजतालाई मनमा राखौँ’ भन्ने नारा राख्न निर्देशन दिएको हो ।

मन्त्रिपरिषदको कार्यालयले त्यस्तो आदर्श नारा सबैले देख्न सक्ने गरी राख्न समेत निर्देशन दिएको छ । साथै मन्त्रिपरिषदको कार्यालयले यस्तो आदर्श नारा अनुसार काम गर्न आवश्यक व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

Skip to toolbar